काठमाडौं । काठमाडौं प्रहरीले गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने १६१ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । पुरस्कृतमध्ये प्रहरी उपरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म रहेका छन्।

त्यसैगरी, सोही अवधिमा १५८ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन्। सबैभन्दा बढी ६० जना प्रहरी वरिष्ठ हवल्दार तथा हवल्दारस्तरका छन्। कारबाहीमा परेकामध्ये प्रहरी निरीक्षक २, प्रहरी नायब निरीक्षक ४, प्रहरी सहायक निरीक्षक ७ र प्रहरी वरिष्ठ हवल्दार ७ जना रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय