
रुपन्देही, साउन १३ – प्रहरीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्दा करिब ६ लाख ६० हजार रुपैयाँ बराबरको भन्सार छली गरिएका सामग्री बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार साउन १२ र १३ गते सञ्चालन गरिएको अभियानमा काजु, चिनी, कपडा, पर्दा, साडी, मोबाइल सामग्री, कस्मेटिक, जुत्ता, हुक्का फ्लेवर, कीटनाशक औषधि लगायतका सामान बरामद गरिएका हुन्।

सामग्रीहरू सिद्धार्थनगर, सियारी, अंचलपुर, बाइपास, बयरघाट र देवकोटाचोक क्षेत्रबाट बरामद गरिएको हो।
एक जना युवकलाई नियन्त्रणमा लिइएको छ भने सबै सामग्री भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता डीएसपी गणेश सापकोटाले जानकारी दिए।



