
धनगढी— कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेबाट अवैध भरुवा बन्दुकसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २६ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय चन्द्र चौधरी रहेका छन्। उनीहरूलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीअन्तर्गतको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी बिट स्याउलेबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार, दुवै जनाको घरमा गरिएको खानतलासीका क्रममा अवैध रूपमा लुकाइराखिएको दुई थान भरुवा बन्दुक बरामद गरिएको छ।
प्रहरीका अनुसार, पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।



