उदयपुर, साउन ८ — इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–८, बबलाबाट एक महिलालाई ठूलो परिमाणको अवैध लागुऔषध गाँजासहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थानकी ४५ वर्षीया देवकुमारी थापा मगर रहेको जिल्ला प्रहरीले जनाएको छ। प्रहरीले मगरको घरमा छापा मार्दा ३० किलो ३६० ग्राम प्रतिबन्धित गाँजा फेला परेको हो।

गाँजा घरमै भण्डारण गरेर राखिएको अवस्थामा फेला परेको र निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरीले लागुऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय