गुल्मी । २९ वर्षदेखि फरार अभियुक्तको सूचीमा रहेका गुल्मीको इस्मा गाउँपालिका–५ निवासी फर्स बहादुर कुमाललाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ।

नकवजनी चोरी मुद्दाका प्रतिवादी कुमाललाई यही असार २१ गते तिलोत्तमा नगरपालिका–२, रुपन्देहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।

कुमालमाथि २०५३ साल असार ३ गते गुल्मी जिल्ला अदालतले १ महिना १५ दिन कैद र ३ हजार ८१७ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। तर फैसला कार्यान्वयन हुनु अघि नै उनी फरार भएका थिए।

लामो समयदेखि फरार रहेका कुमाललाई पक्राउ गर्नुलाई प्रहरीले एक महत्वपूर्ण उपलब्धिको रूपमा लिएको छ। उनलाई गुल्मी जिल्ला अदालतको २०८२ असार २३ गतेको पत्रअनुसार सजाय भुक्तानका लागि गुल्मी कारागार चलान गरिएको छ।

प्रहरीले पछिल्लो समय फरार अभियुक्तहरूलाई खोजी तथा पक्राउ गर्ने विशेष अभियान तीव्र रूपमा सञ्चालन गरिरहेको जनाउँदै, यस्ता सफलताहरुलाई कानुनी कार्यान्वयनका दृष्टिले सकारात्मक उपलब्धिका रूपमा लिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय