
भारत । भारतमा आयोजित भव्य ‘जयघोष’ कार्यक्रममा नेपाली युवा नेता तथा सामाजिक अभियन्ता सशांक जैशीलाई ‘छत्रपति संभाजि महाराज रत्न सम्मान २०२५’ प्रदान गरिएको छ। अखिल (क्रान्तिकारी) विदेशी विश्वविद्यालय समितिका अध्यक्ष समेत रहेका जैशीलाई भारत मंडपम, नयाँ दिल्लीमा आयोजित समारोहमा सम्मानित गरिएको हो।
कार्यक्रममा भारतीय जनता पार्टी (भाजपा) का केन्द्रीय महामन्त्री तरुण चुग र दिल्ली प्रदेशका कला, संस्कृति तथा भाषामन्त्री कपिल मिश्रको प्रमुख आतिथ्यता रहेको थियो।

टीकापुर, कैलाली निवासी जैशीलाई विद्यार्थी नेता र सामाजिक अभियन्ताका रूपमा समाजमा पुर्याएको उदाहरणीय योगदानका लागि यो सम्मान प्रदान गरिएको आयोजकहरूले जनाएका छन्। जैशीले लामो समयदेखि शिक्षा, सामाजिक सचेतना र युवाको नेतृत्व विकासमा सक्रिय भूमिका निभाउँदै आएका छन्।