
काठमाण्डौं। नेपाली कांग्रेसका सांसद सुनिल शर्माले कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री रहेको अवस्थामा रवि लामिछानेमाथि तानाशाही व्यवहार देखाइनु खेदजनक भएको बताएका छन् । ‘नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री हुनु भएको अवस्थामा पनि तानाशाही तवरबाट रवि लामिछानेलाई गरिएको वर्तावको भर्त्सना गर्दछु।
अनुसन्धानलाई जतिसक्दो चाँडो पुरा गरी न्यायालयमार्फत न्यायिक निरूपण हुनु पर्ने र न्यायालयको फैसलालाई सवैले सम्मान गर्नुपर्ने यथार्थमा नाटकीय ढंगबाट प्रहरी हिरासतको श्रृङ्खलाले सवैलाई शशङ्कित पारेको छ सांसद शर्माले भनेका छन् ।

त्यस्तै उनले कोही व्यक्तिलाई हिरासतका नाममा मानव अधिकार उल्लङ्घन गर्ने कार्य गरिनु निन्दनीय तथा खेदजनक भएको बताएका छन् । सांसद शर्मालेभनेका छन्, ‘कुनै पनि व्यक्तिलाई अनुसन्धानको नाममा धरपकड गर्ने, बिरामी हुँदा पनि अस्पतालसम्म जान नदिने, उपचार पाउनु पर्ने नागरिकको हकमा बन्देज गर्ने, अनुसन्धानको नाममा मानसिक तनाव दिने, दुर्व्यवहार गरी मानव अधिकार उल्लङ्घन गर्ने जस्ता कार्य निन्दनीय तथा खेदजनक छन् ।’उनले भने,‘अनुसन्धान गर्नेकुरा सरकार,प्रहरी र कानूनको दायरामा पर्ने विषय हो । तर एउटा मान्छेलाई गिरफ्तार गरेपछि प्रक्रिया हुन्छ ।
नेपाली काँग्रेसको गृहमन्त्री भएको बेलामा न्यायिक निरुपणको विषय भएकाले १० दिनभित्रमा अदालतमा बुझाउनुपर्ने भएपनि नियतवस जानीजानी मानसिक रुपमा कमजोर बनाउनको निम्ति विभिन्न ठाउँमा कुदाउने काम भएको छ । लोकलाई लाज हुनेगरी अन्यायपूर्ण ढङ्गले रवि लामिछानेलाई थुनामा राख्ने काम भएको छ ।’उाले सरकारले लामिछानेलाई नियतवस वा जानिजानि मानसिक रुपमा कमजोर बनाउनको निम्ति विभिन्न ठाउँमा पुर्याउने काम गरिरहेको बताए ।



