
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुदेश गुरुङ मुस्ताङमा मात्र सीमित नभई काठमाडौं–९ मा समेत दिनप्रतिदिन लोकप्रिय बन्दै गएका छन्। रास्वपाका उपसभापति डीपी अर्याल काठमाडौं–९ बाट उम्मेदवार बन्ने चर्चा चल्न थालेसँगै उक्त क्षेत्रको राजनीतिक माहोल थप तातेको छ।
विभिन्न राजनीतिक दल तथा स्वतन्त्र रूपमा सक्रिय युवाहरूमा समेत हाल रास्वपाप्रति विश्वास बढ्दै गएको देखिन्छ। यससँगै काठमाडौं–९ भित्र राजनीतिक भेटघाट, संवाद तथा छलफलहरू तीव्र रूपमा अगाडि बढिरहेका छन्।

हाल रास्वपाका नेता तेज अर्याल र सुदेश गुरुङ सक्रिय रूपमा फिल्डमा खटिएका छन्। उनीहरू स्थानीय युवासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या सुन्ने, जनचासो बुझ्ने र त्यसको प्रभावकारी समाधानका उपायहरूबारे छलफलमा जुटिरहेका छन्।
देशव्यापी चुनावी रणनीति तथा आन्तरिक छलफलमा व्यस्त उपसभापति डीपी अर्याल काठमाडौं–९ मा प्रत्यक्ष उपस्थित नभए पनि, तेज अर्याल, सुदेश गुरुङसहित अन्य रास्वपा नेताहरूले उक्त क्षेत्रमा चुनावी गतिविधि र संगठनात्मक समन्वयलाई सक्रिय रूपमा अघि बढाइरहेका छन्।
राजनीतिमा नयाँ सोच, स्पष्ट धारणा र युवामैत्री एजेन्डाका कारण अर्यालप्रति युवाहरूको आकर्षण बढ्दै गएको देखिन्छ। विभिन्न राजनीतिक दलप्रति वितृष्णा बढिरहेका बेला रास्वपाको वैकल्पिक राजनीतिले युवालाई आशावादी बनाएको स्थानीयहरू बताउँछन्।
काठमाडौं–९ भित्र पछिल्लो समय राजनीतिक भेटघाट, छलफल तथा संगठन विस्तारका गतिविधि तीव्र रूपमा बढिरहेका छन्। रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताहरू युवासँग प्रत्यक्ष संवादमा जुट्दै जनचासो र समस्यालाई प्राथमिकतामा राखेर अघि बढिरहेका छन्।
युवामाझ लोकप्रियता कमाउँदै गएका अर्याललाई सम्भावित उम्मेदवारका रूपमा हेर्न थालिएसँगै, अन्य दलहरू पनि रणनीति पुनरावलोकन गर्न बाध्य देखिन्छन्। विश्लेषकहरूका अनुसार, आगामी निर्वाचनमा काठमाडौं–९ रास्वपाका लागि महत्वपूर्ण राजनीतिक परीक्षणस्थल बन्न सक्ने संकेत देखिएको छ।



