
हजारौँ पटक भनिएको छ—हाम्रो लडाइँ नेतासँग हो, राज्यसँग हो, सुरक्षाकर्मीहरूसँग होइन। तर कुरा सुन्ने को?
आज आफ्नै सुरक्षा आफैं गर्नुपर्ने अवस्था आएको छ। मरेको प्रहरी सङ्गठनबाट के आशा राख्ने? प्रहरी तिमीलाई मार्छ, तिमीले प्रहरीलाई मार्छौ—अन्ततः मर्ने त आफ्नै भाइ–दाइ नै हुन्।

प्रहरी आफ्नो कर्तव्य निभाइरहेका थिए, तर नेपाली जनतामाथि गोली प्रहार गर्नु पर्ने थिएन। दोष प्रहरीको होइन, राज्यको हो। आदेश दिनेहरू नेताहरू हुन्, चलाउने बाध्यता प्रहरीलाई हुन्छ। यही कारणले प्रहरी सङ्गठनको आत्मबल घटिरहेको छ।
हिजो उनी सरकारमा थिए, भोलि तिमी हुने छौ। भोलि तिम्रो नेतृत्वमा आन्दोलन भयो भने, के तिमी आफ्ना प्रहरीलाई गोली नचलाउन भन्न सक्छौ? यही प्रश्न गम्भीर छ।
प्रहरी सुरक्षाकर्मी संविधान पालन गर्न बाध्य छन्। उनीहरू आदेश मान्नुपर्ने बाध्यतामा हुन्छन्। आखिर उनीहरू पनि हाम्रै भाइ–दाइ, नेपाली नागरिक हुन्। तर दुर्भाग्य—यो देशका नेताहरू कहिल्यै नेपाली हुन सकेनन्।
तर प्रश्न अझै उठ्छ—यदि थाहा थियो भने, किन आगो बाल्न आवश्यक ठानियो?