काठमाडौं । हालै देशमा घटेका दर्दनाक घटनाप्रति नेपाली कांग्रेस नेतृ तथा पूर्वमन्त्री डिना उपाध्यायले गहिरो शोक र चिन्ता व्यक्त गरेकी छिन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले सम्पूर्ण नेपाली जनतामा गहिरो आघात पु¥याएको उल्लेख गरिन् । उपाध्यायले नेपाली कांग्रेसले आत्मसमिक्षा गर्दै जनता माझ सत्यनिष्ठ र खुला ढंगले माफी मागेर सही बाटोमा अघि बढ्न आवश्यक रहेको बताइन् ।

“देशमा घटेका घटनाले हामी सबैलाई आत्मसमिक्षा गर्न बाध्य बनाएको छ। अब जनता माझ सत्यनिष्ठ माफी माग्दै नयाँ मार्ग प्रशस्त गर्न कांग्रेस तयार हुनुपर्छ,” नेतृ उपाध्यायले भनिन् ।

उनले नेपाली जनताको पीडामा साथ दिने प्रतिबद्धता पनि दोहोर्याएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय