काठमाण्डौं— कञ्चनपुरमा यातायात व्यवस्था कार्यालयले शनिबार लिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा नक्कली परीक्षार्थीसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट–५ का अस्मित डगौरा रहेका छन् भने परीक्षा दिन लगाउने सुवास डगौरा र फर्जी हाजिर गरी परीक्षा दिने भीमदत्त नगरपालिका–६ का अमरसिंह धामीलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जमुना जोशीले जानकारी दिए।

यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख तर्कराज भट्टका अनुसार पक्राउ परेका व्यक्तिहरूले अरु दुई जनाको नाममा हाजिर गरी परीक्षा दिएको खुल्न आएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका तिनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धान पूरा भएपछि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने निरीक्षक जोशीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय