काठमाडौं । आशिका तामाङ र ट्राफिक प्रहरीबीच थापाथली चोकमा विवाद भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोअनुसार ड्युटीमा खटिएका ट्राफिक प्रहरी र सांसद तामाङबीच भनाभन भएको देखिन्छ ।

घटनाका अनुसार सांसद तामाङ सवार गाडी दिउँसो करिब साढे २ बजे माइतीघरबाट त्रिपुरेश्वरतर्फ जाँदै थियो । सोही क्रममा ट्राफिक संकेतको पहेँलो बत्ती बल्न थालेपछि जेब्रा क्रसिङ नजिक ट्राफिक प्रहरीले गाडी रोकेर पैदलयात्रुलाई बाटो काट्न दिएका थिए ।

त्यसपछि सांसद तामाङ आक्रोशित बनेको ट्राफिक प्रहरीको भनाइ छ । भिडियोमा उनी गाडीबाट ओर्लिएर अर्का ट्राफिक प्रहरीलाई “तपाईंका मान्छेलाई सम्झाउनु है” भनेको सुनिन्छ ।

एक ट्राफिक प्रहरीका अनुसार, “म बाटो क्रस गर्न सक्थेँ, मलाई किन रोकेको भन्दै उहाँ आक्रोशित हुनुभयो । त्यसपछि गाडीबाट ओर्लिएर ट्राफिक प्रहरीसँग विवाद गर्नुभयो ।”

सांसद तामाङ र ट्राफिक प्रहरीबीच केही समय विवाद हुँदा उक्त क्षेत्रमा केहीबेर सवारी आवागमन प्रभावित भएको बताइएको छ ।

यसअघि पनि सोही क्षेत्रमा लेन उल्लंघन गरेको आरोपमा डीपी अर्याल सवार गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय