
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधिर शाहीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार ४६ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले गरेको निर्णयअनुसार एसपी शाहीलाई काठमाडौँ उपत्यका शसस्त्र प्रहरी गण–२ महाराजगञ्जमा सरुवा गरिएको छ ।

शाहीको स्थानमा नयाँ जिल्ला प्रहरी प्रमुखका रूपमा एसपी ठाकुर पोखरेल सुर्खेत आउने भएका छन् । पोखरेल हाल लुम्बिनी प्रदेश प्रहरी गणमा कार्यरत थिए ।
एसपी शाहीले सुर्खेतमा रहँदा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएका थिए । नयाँ प्रहरी प्रमुख पोखरेलले जिल्लाको सुरक्षा व्यवस्थालाई अझ सुदृढ र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।




