
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार १०५ चालकलाई कारबाही गरेको जनाएको छ ।
कारबाहीबाट राज्यकोषमा २६ लाख ६० हजार रुपैयाँ राजस्व दाखिला भएको कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९९ जना तथा नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १९३ जना रहेका छन् । यस्तै, तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न तथा सुरक्षित यात्रा सुनिश्चित गर्न आग्रह गरेको छ ।



