काठमाडौँ । काठमाडौँ उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ४ सय ९२ जना चालक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा रु ५ लाख ४ हजार राजस्व संकलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६८ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने २७५ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १४५ जना तथा तीव्र गतिमा सवारी चलाउने १८३ जनालाई कारबाही गरिएको छ।

त्यस्तै, लेन अनुशासन पालना नगर्ने ९६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७५ जना, तोकिएको स्थानबाहेक यात्रु चढाउने तथा ओराल्ने ५९ जना र अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १ हजार ४ सय १३ जनालाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सवारी चालकलाई नियम पालनामा सचेत रहन आग्रह गर्दै उल्लङ्घन गर्नेलाई निरन्तर कारबाही गरिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय