काठमाडौं । सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्यत्र नसार्ने निर्णय गरेको छ।

वि.सं. २०७५ साल भदौ १ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान स्थानान्तरण गर्ने निर्णय गरेको भए पनि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयलाई पुनरावलोकन गर्दै प्रतिष्ठानलाई हालकै स्थानमा निरन्तर सञ्चालन गर्न दिने निर्णय गरेको हो।

सरकारले प्रतिष्ठानले प्रयोग गर्दै आएको ११४ रोपनी तीन आना जग्गा यथावत् रूपमा प्रतिष्ठानकै उपयोगमा रहने व्यवस्था गरेको छ। यसअघि सो जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय