सुरक्षा सरोकार ।  नेपाल सरकारले  २०८२ चैत २३ गतेदेखि लागू हुने गरी सरकारी तथा शैक्षिक संस्थाहरूमा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनको तयारी गरेको योकदम केवल प्रशासनिक सुधार मात्र नभई आधुनिक कार्यसंस्कृतितर्फको एउटा महत्वपूर्णप्रस्थान विन्दु हो यसले कर्मचारीहरूको कार्यक्षमता वृद्धि, मानसिक स्वास्थ्यमा सुधार व्यक्तिगतपारिवारिक जीवनको सन्तुलनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको

तर, यही उत्साहजनक निर्णयको अर्को पाटो निकै ओझेलमा परेको देखिन्छ २४ सै घण्टाजनताको सेवामा खटिने निकाय, विशेषतः नेपाल प्रहरीको हकमा यो निर्णय अधिकारकोविषय बन्न सकेको , कार्यान्वयनको कुनै खाका नै स्पष्ट

देखि ५ को दायरा बाहिरको जीवन

नेपाल प्रहरीको दैनिकी निजामती वा अन्य सार्वजनिक संस्थानका कर्मचारीको जस्तो देखि को निश्चित घेराभित्र सीमित छैन उनीहरूको जीवन अनिश्चित समयतालिका, आकस्मिकड्युटी, चाडपर्वमा समेत निरन्तर खटाइ जोखिमपूर्ण परिस्थितिसँग जेलिएको हुन्छ जब अन्यकर्मचारीहरू सरकारको निर्णय बमोजिम परिवारसँग दुई दिने साप्ताहिक बिदा मनाइरहेकाहुन्छन्, सोही समयमा राज्यको उस्तै पद दर्जामा रहेका प्रहरी कर्मचारीहरू भने सडक, चेकपोस्ट, नियन्त्रण कक्ष वा आपतकालीन घटनास्थलमा पसिना बगाइरहेका हुन्छन् यस्तो यथार्थमादुईदिन बिदाको अवधारणा प्रहरीका लागि केवलकागजी आकाशको फलमात्र हुने देखिन्छ

असमान अवस्थामा समान नीतिको मार

यहाँ उठ्ने मुख्य प्रश्न होके राज्यले समान नीतिको नाममा असमान अवस्थालाई बेवास्तागरिरहेको छैन ? सुरक्षा निकायका लागिबिदाभन्दा पनिविश्रामको अधिकारबढीमहत्वपूर्ण हुन्छ लामो समयसम्म विश्रामबिहीन ड्युटीमा खटिँदा उनीहरूको शारीरिक मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ, जसले अन्ततः सेवाको गुणस्तर व्यावसायिकतामानै ह्रास ल्याउँछ

समानताको अर्थ फिटको व्यक्ति फिटको व्यक्तिलाई एउटै नापको सिरक दिनु होइन यस्तो व्यवस्थाले झन् ठूलो खाडल सिर्जना गर्छ प्रहरी सेवामा विद्यमान न्यून सेवासुविधा उच्च कार्यभारका कारण नै आज यो पेशाप्रति आकर्षण घट्दो यदि राज्यले प्रहरीलाई सधैंसौतेलो व्यवहारगरिरहने हो भने, भोलिका दिनमा सुरक्षा फौजमा जनशक्ति टिकाउनु एउटा ठूलोचुनौती बन्ने निश्चित

नारामा होइन, व्यवहारमा न्याय

अहिलेको आवश्यकता नीतिगत समानताको रटान भन्दा पनि व्यवहारिक न्यायको अभ्यास हो

यसका लागि केही ठोस कदम चाल्नु अपरिहार्य देखिन्छ:

•प्रहरीभित्र व्यवस्थित ‘सिफ्ट प्रणाली’ लाई कडाइका साथ लागू गर्ने

•ओभरटाइम वा थप समय खटिए बापतको पारदर्शी पर्याप्त भुक्तानी सुनिश्चित गर्ने
•निश्चित अवधिमा प्रत्येक कर्मचारीलाई अनिवार्य विश्राम दिने व्यवस्था गर्ने
•संगठनभित्रै मनोसामाजिक सहयोग गुनासो सुन्ने स्वतन्त्र संयन्त्र निर्माण गर्ने

केही दिन अघि मात्र प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा प्रहरी प्रमुखले गृहमन्त्रीकाअगाडि व्यक्त गरेको भावुक अभिव्यक्तिमेरो सिपाहीलाई मैले सेवामा टिकाउनै सकिनकेवल एउटा भावना मात्र थिएन यो ३० वर्षे सेवाको भोगाइ, त्याग न्यून सेवासुविधाकाबीचमा पनि कर्तव्यनिष्ठ भएर खटिँदाको एउटा तितो यथार्थको प्रष्फुटन थियो

प्रहरी जस्तो अनुशासित निकायमा कर्मचारीहरूले आफ्ना समस्या खुलेर राख्न सक्ने वातावरणसधैं सहज हुँदैन त्यसैले उनीहरूको आवाज नीति निर्माण तहसम्म पुर्‍याउने जिम्मेवारी सरकार, संसद्, नागरिक समाजको हो

दुई दिन बिदा दिने निर्णयले राज्यको आधुनिक सोच झल्काउँछ, तर यसको न्यायोचित वितरणनभएमा यसले सुरक्षा निकायमा निरासा मात्र पैदा गर्नेछ नेपाल प्रहरीका सदस्यहरू केवलकर्तव्यपालकमात्र होइनन्, उनीहरू पनि अधिकारसहितका नागरिक हुन् उनीहरूको श्रम समर्पणको उचित कदर गर्दै व्यवहारिक समाधान खोज्नु नै साँचो अर्थमा लोकतान्त्रिक राज्यकोदायित्व हुनेछ अन्यथा, राज्यको प्रहरी हुनुमा गर्व गर्ने दिनहरू केवल इतिहासको पानामा मात्रसीमित हुने जोखिम रहन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय