काठमाडौं : नेपाल प्रहरीकी हवल्दार संगीता अधिकारी र जवान रोष्ना थापा ‘५० प्रभावशाली महिला २०८२’ को सूचीमा परेका छन्। उनीहरूले आफ्नो कर्तव्यनिष्ठा, साहस र व्यावसायिक क्षमताका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा पाएका हुन्।

हवल्दार संगीता अधिकारीले जेनजी आन्दोलनका क्रममा दाङ जिल्ला अदालतको सुरक्षामा खटिँदा प्रदर्शनकारीहरूलाई विनम्र अनुरोध गर्दै सम्भावित आगलागीको जोखिम टार्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनको संयमता र संवाद क्षमताका कारण अदालत सुरक्षित रहन सफल भएको थियो। उक्त कार्यको सर्वत्र प्रशंसा गरिएको थियो भने उनलाई जिल्ला अदालत र सर्वोच्च अदालतबाट समेत सम्मान गरिएको थियो।

त्यस्तै, नेपाल प्रहरीकी जवान रोष्ना थापा पनि सो सूचीमा परेकी छिन्। तेह्रथुमकी स्थायी बासिन्दा रहेकी थापा प्रहरी संगठनभित्र विपद् उद्धारकका रूपमा परिचित छिन्। उनले विभिन्न विपद्का घटनामा सक्रिय रूपमा उद्धार कार्य गर्दै उत्कृष्ट प्रदर्शन गरेकी छन्।

उनको कार्यक्षमताको प्रशंसा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले समेत गरेको छ। इन्टरपोलले उनलाई उत्कृष्ट उद्धारकर्ताका रूपमा उल्लेख गर्दै सराहना गरेको थियो, जसले उनलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय