काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायका उच्च पदाधिकारीहरूसँग पुनः छलफलमा जुटेका छन्।

सुरक्षा स्रोतका अनुसार गृहमन्त्री गुरुङ केहीबेरअघि प्रहरी प्रधान कार्यालय, नक्साल पुगेका थिए। हाल उनी प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरीका एआईजी गणेश ठाडा मगर तथा उपत्यका प्रहरीका एआईजी ईश्वर कार्कीसहित छलफलमा संलग्न छन्।

यसअघि पनि गृहमन्त्री गुरुङले आज साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीहरूसँग छलफल गरेका थिए। सोही छलफलपछि पुनः बैठकका लागि उनी नक्साल पुगेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय