काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनअन्तर्गतका सबै कामहरू एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने निर्णय लिएका छन्।

राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सम्पन्न गरेलगत्तै सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका मन्त्री गुरुङले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन यस्तो निर्णय लिएका हुन्।

सेवा वितरणका क्रममा कुनै पनि गुनासा आउन नदिन उनले मन्त्रालयका कर्मचारीहरूलाई विशेष रूपमा सचेत रहन निर्देशनसमेत दिएका छन्। गुरुङको यस कदमले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय