
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन्। राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै उनी सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।

शपथपछि तुरुन्तै मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्नुले गुरुङको कार्यशैलीप्रति चासो बढाएको छ। अब उनको नेतृत्वमा गृह प्रशासन कसरी अगाडि बढ्छ भन्ने विषयमा सर्वत्र ध्यान केन्द्रित भएको छ।



