काठमाण्डौं – गुल्मीका जेन्जी घाईते सुवास अर्याललाई सांसदद्दय गोविन्द पन्थी र सागर ढकालले खादा र फुलमालासहित स्वागत गरेका छन्।

गुल्मी जिल्ला चारपाला गाउँपालिका वडा नं. ६ का जेन्जी युवा सुवास अर्याल गत भदौ २४ गते कलंकीमा गोली लागेर घाइते भएका थिए। त्यतिबेला उनी जापान जाने तयारीमा काठमाण्डौंमा बस्दै आएका थिए।

जेन्जी आन्दोलनका दिन ब्लड डोनेशन दिन कलंकी पुगेका अर्याल आज सांसदहरूसँग बधाई प्राप्त गर्न उपस्थित भएका थिए। गुल्मीका सांसदहरूले उनलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आवश्यक सहयोग र राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। भेटघाटमा अर्यालका परिवारका सदस्यहरूको उपस्थितिले अवसरलाई अझ अर्थपूर्ण बनाएको थियो।

सांसद गोविन्द पन्थीले भने, “जेनजी आन्दोलनबाट आएको यस सरकारले जेनजीका माग पूरा गर्नुपर्ने दायित्व हामीमाथि छ र हामी त्यसमा प्रतिबद्ध छौँ।”

घाइते अर्यालले आफ्नो अनुभव र परिस्थितिबारे सांसदहरूसँग जानकारी साझा गरे, जसले संघीय नेताहरूको संवेदनशीलता र जनसेवाप्रतिको गहिरो मनोभाव प्रस्ट देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय