सुनसरी — सुनसरी जिल्लाको कटान खोलाको बगरमा गाडेर राखिएको अवस्थामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भारत तस्करीको उद्देश्यले तस्कर समूहले लुकाइराखेको ३८ बोरा गाँजा फेला परेको हो। ती बोराहरू कटान खोलाको बगरमा गाडेर राखिएको अवस्थामा मंगलबार बरामद गरिएको थियो।

बरामद गरिएको गाँजाको कुल तौल १ हजार १ सय २० किलो (११२० किलो) रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार हरिनगरा गाउँपालिका–५ र ६ को सीमाना भएर बग्ने कटान खोलाको बगरमा उक्त गाँजा लुकाइएको थियो। विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा उक्त परिमाणको लागुऔषध फेला परेको हो।

प्रहरीले उक्त घटनामा संलग्न तस्करहरूको खोजी तीव्र बनाएको जनाएको छ। लागुऔषध नियन्त्रण तथा सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि आगामी दिनमा थप निगरानी र कारबाही अभियान सशक्त बनाउने योजना समेत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय