धनगढी, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित चिसापानीमा रहेको प्याराडाइज होटलको कोठाबाट ठूलो परिमाणमा लागूपदार्थ अफिमसहित दुई जना पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा गरिएको छापामारीमा जुम्लाको गुठीचौर गाउँपालिका–४ प्याकुरेलवाडा बस्ने ३८ वर्षीय मेघराज खत्री र जाजरकोटको बारेकोट गाउँपालिका–३ मुल्साम बस्ने ३२ वर्षीय भक्तबहादुर शाहीलाई पक्राउ गरिएको हो।

उनीहरू प्याराडाइज होटलको १०५ नम्बर कोठामा बसिरहेको जानकारी पाएपछि लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुबै व्यक्तिसँग १ केजी ७०६ ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ। अहिले उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ र लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरिने तयारी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय