
काठमाडौं । भक्तपुरको सुर्यवियानक नगरपालिका –२ बालकोटमा बाबुछोराको हत्या आफ्नै परिवारको सदस्यबाटभएको खुलेको छ ।
बुबा र भाइको हत्या मैले आफैले गरेको हुँदै भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरी सामु आत्मसमर्पणगरेका हुन् । हिजो खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुल प्रसाद आचार्य र २२वर्षीय प्रबिन आचार्य मृत भेटिएका थिए ।

२५ वर्षीय मिलन आज बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर घटना विवरण सुनाउँदै आत्मसमर्पण गरेकोजिल्ला प्रहरी परिसर भक्तपुर प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिनुभयो ।
उनले आफैलाई भाइ र बाुबबाट तनाव भएपछि हत्या गरेको बताएका छन् ।
भक्तपुरको बालकोटमा मृत भेटिएका बाबुछोराको हत्या शनिबार राति नै भएको खुलेको प्रहरीको प्रारम्भिकअनुसन्धानबाट खुलेको छ । मृत भेटिएका कुलप्रसाद हुलाकका कर्मचारीसमेत हुन् ।
प्रहरीले मिलनलाई बुबा र भाइ मा‘र्नुको कारणबारे सोध्दा प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा घट्ना घटाएकोबताएका छन् । मिलनले ड‘मबेल र सि‘लौटोले हा‘नेर बुबा र भाइलाई मारेको प्रहरी सामु बताएका छन् ।



