काठमाडौं । पर्सामा प्रहरीले २०७ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नियमित गस्तीमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ पर्साको बिन्दवासिनी गाउँपालिका–५ क्षेत्रमा जाँचका क्रममा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्ण लामालाई पक्राउ गरेको हो।

प्रहरीले प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको पिकअप जाँच गर्ने क्रममा बोराभित्र लुकाएर ओसारपसार गर्दै गरिएको २०७ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ।

बरामद गाँजासहित पिकअप चालक लामालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय