काठमाडौं। लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहाको लहान नगरपालिका–३ बाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। ब्यूरोका अनुसार फूलफूलमुनि लुकाएर राखिएको ६५२ किलोग्राम गाँजा सहित एक पिकअप गाडी नियन्त्रणमा लिइएको हो। 

ब्यूरोले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ साउन ६ गते लहान नगरपालिका–३ स्थित श्यामकुमारी साहको घरको कम्पाउन्डमा पार्किङ गरी राखिएको बा २१ च ५८६६ नम्बरको पिकअप गाडी चेकजाँच गर्ने क्रममा गाडीको पछाडिको भागमा फूलफूलले छोपेर लुकाइएको अवस्थामा गाँजा फेला परेको हो। उक्त गाँजा बरामद गरी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, लहानमा बुझाइएको जनाएको छ। 

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा लहान नगरपालिका–३ निवासी २८ वर्षीय श्यामकुमारी साह, १९ वर्षीय शिवम साह तथा भारत घर भई हाल लहान–३ बस्ने ३८ वर्षीय गौरव महतोलाई पक्राउ गरेको छ।

बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय