
रौतहट । चोरी मुद्दामा पक्राउ परेका एक अभियुक्त रौतहट जिल्ला अदालतमा पेसीका लागि उपस्थित गराइएका बेला हतकडीसहित फरार भएका छन्।
जिल्ला कारागार रौतहटबाट पेसीका लागि अदालत लगिएका ती अभियुक्त शौचालय जान अनुमति लिएपछि शौचालयको भेन्टिलेसनबाट निस्केर फरार भएको जिल्ला प्रहरीले जनाएको छ।

फरार अभियुक्तको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन। घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटका साथै मातहतका प्रहरी युनिटलाई परिचालन गरी अभियुक्तको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।




