बाँके । नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर रकम असुली गर्ने एक जना व्यक्तिलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–१ निवासी ३० वर्षीय लक्ष्मण बि.क. रहेका छन्। उनी नेपाल प्रहरीमा भर्ती गराइदिने भन्दै विभिन्न चरणका परीक्षा उत्तीर्ण गराइदिने आश्वासन दिएर सर्वसाधारणबाट रकम उठाउने कार्यमा संलग्न रहेको आरोप छ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका बि.क. विरुद्ध बाँके जिल्ला अदालतबाट ठगी मुद्दामा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो समय सरकारी जागिर, विशेषगरी सुरक्षा निकायमा भर्ती गराइदिने नाममा ठगी गर्ने गिरोह सक्रिय बन्दै गएका छन्। यस्ता गतिविधिविरुद्ध निगरानी बढाइएको र संलग्न व्यक्तिमाथि कानुनी कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।

स्थानीयवासीले पनि कोहलपुर प्रहरीले समयमै सक्रियता देखाउँदै ठगीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको भन्दै प्रहरीको कामको प्रशंसा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय