
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका–४ स्थित मिनिपार्क एण्ड रिसोर्ट प्रालिको कोठा नम्बर १०५ मा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मिति २०८३ जेठ २ गते राति करिब ९ः३० बजे इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ परेकाहरूबाट नगद १ लाख ५८ हजार ३१० रुपैयाँ, खेलेको २ गड्डी तास र नखेलेको ३ गड्डी तास बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा प्रमोद केसी, एकराम हुसेन, दिपक केँडल, अब्दुल मिया, सापिक खाँ, नबि हुसेन, जमालु दिन, साकिर अली बागवान, दुर्गा बोहरा, छविलाल गिरी, सुजन पुरी, नविन शाही र प्रेम गिरी रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।




