बुटवल। रुपन्देही प्रहरीले जीवित कछुवासहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका–८ स्थित फाइनान्स चोक क्षेत्रमा कछुवा बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रहरीले सोही क्रममा बुटवल उपमहानगरपालिका–१७ रानिगञ्ज बस्ने ४१ वर्षीय शंकर सुनारलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार सुनारको साथबाट एउटा जीवित कछुवा बरामद गरिएको छ ।

पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मंगलबार डिभिजन वन कार्यालय भैरहवामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय