काठमाडौँ — जेनजी प्रदर्शनपछि सामाजिक सञ्जालमा डीएसपीको युनिफर्म लगाएर आन्दोलन भड्काउने एक युवकको भिडियो भाइरल भएको छ। प्रहरीको पोशाकमा राष्ट्रिय झण्डा बोकेका ती युवक भिडियोमा भन्छन्, “अब लगालग गर्ने हो, एकदम लगालग।” उनी आफ्नै मोबाइलबाट भिडियो खिचिरहेका देखिन्छन्।

न्यूरोडस्थित प्रहरी वृत्त जनसेवा लगायतका कार्यालयमा आगजनी र तोडफोड गर्ने ती युवक पर्सा घर भएका सुरज कुमार रौनियार रहेको प्रहरीले पुष्टि गरेको छ।

रौनियार पूर्व प्रहरी हुन्। भक्तपुरमा कार्यरत रहँदा आपराधिक गतिविधिमा संलग्न भएको भेटिएपछि प्रहरी प्रधान कार्यालयले उनलाई २०७८ सालमा ठगी प्रकरणमा संलग्न रहेको आधारमा बर्खास्त गरेको थियो।

जेनजी प्रदर्शनको मौका छोपेर प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा पनि उनको संलग्नता देखिएको प्रहरी अधिकृतहरूले बताएका छन्। उपत्यका प्रहरी कार्यालयका एक अधिकारीका अनुसार रौनियार २०८१ सालमा १० लाख रुपैयाँ नगद लुटपाटको आरोपमा समेत पक्राउ परेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय