काठमाडौं – भदौ २३ र २४ गते भएको घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बिहीबार माइतीघर मण्डलामा भइरहेको शान्तिपूर्ण प्रदर्शनका क्रममा रक्षा बममाथि भएको दुर्व्यवहारप्रति नेपाल जेनजी फ्रन्टले घोर भर्त्सना गरेको छ।

फ्रन्टले एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनका क्रममा भएको यस्तो व्यवहार अस्वीकार्य भएको जनाएको छ। साथै, घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ।

नेपाल जेनजी फ्रन्टले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण विरोधको अधिकारको सम्मान गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै यस्ता घटनाले लोकतान्त्रिक मूल्य र मान्यतामा आघात पुग्ने जनाएको छ।

उक्त प्रदर्शन भदौ २३ र २४ गतेको घटनाको सत्यतथ्य सार्वजनिक गर्न दबाब दिन आयोजना गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय