काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो परिमाणमा विद्युतीय चुरोट ‘भेप’सहित तीन जनालाई पक्राउ गरेको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, सोमबार साँझ काठमाडौंको चमतीबाट ३ हजार ८ सय थान भेपसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का ४० वर्षीय निमा छिरिङ शेर्पा, मेलम्ची नगरपालिका–७ का ५२ वर्षीय रामबहादुर गुरुङ र सोलुखुम्बु थुलुङ गाउँपालिका–४ का ४२ वर्षीय कृष्णबहादुर गुरुङ रहेका छन्। उनीहरू भरियाको रुपमा संलग्न रहेको प्रहरीको भनाइ छ।

उनीहरूले रमेश श्रेष्ठको घरको भुइँतलाको कोठामा भेप भण्डारण गरेको पाइएको छ। पक्राउ परेकालाई बरामद सामानसहित राजश्व अनुसन्धान विभाग, हरिहर भवन पठाउने तयारी भइरहेको छ।

भन्सार छली चीनबाट भित्र्याइएको उक्त भेप नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय