बारा | घरायसी विवादका कारण श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई बाराको मटिअर्वाबाट खटिएको प्रहरी टोलीले पक्राउ nगरेको छ।

पक्राउ पर्ने व्यक्ति मिलाजिम मिया छोरा बच्चा मिया रहेका छन्। उनले आफ्नी श्रीमती सहिमा खातुनलाई घरायसी विवादका क्रममा कुटपिट गरी हत्या गरेका थिए। घटनापछि उनी फरार रहेका थिए।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी मटिअर्वाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाउँदै अभियुक्त मियालाई खोजी गरी नियन्त्रणमा लिएको हो। उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

प्रहरीका अनुसार श्रीमान–श्रीमतीबीच लामो समयदेखि विवाद हुँदै आएको थियो। सोही विवाद चरम सीमामा पुगेपछि हत्या जस्तो जघन्य अपराध घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरी चौकी मटिअर्वाको सक्रियता र सूचनाको प्रभावकारी प्रयोगले फरार अभियुक्तलाई छोटो समयमै पक्राउ गर्न सफल भएको जनाइएको छ। अहिले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय