रामेछाप । मन्थली नगरपालिका–१ भैशेश्वरस्थित क्षेत्रमा सवारी साधन चालकहरूमाथि गरिएको लागुपदार्थ सेवन (ला.प.से.) चेकजाँच अभियानमा तीन जना चालक लागुपदार्थ सेवन गरेको अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला ट्राफिक कार्यालयको संयुक्त आयोजनामा मन्थली अस्पताल रामेछापको समन्वय तथा सहयोगमा गरिएको चेकजाँचमा ३५ वटा साना तथा ठूला सवारी साधनका चालकहरू परीक्षण गरिएको थियो। परीक्षणका क्रममा दुई जना मोटरसाइकल चालक र एक जना ट्रक चालक गरी जम्मा तीन जना चालकले लागुपदार्थ सेवन गरी सवारी सञ्चालन गरिरहेको पाइएको हो।

सवारी सुरक्षालाई मध्यनजर गर्दै सञ्चालन गरिएको चेकजाँच अभियानमा लागुपदार्थ सेवन गरेका ती चालकहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछापमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले यस्ता चेकजाँच कार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय