काभ्रे— नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजनामा, क्यान्सर काउन्सिल नेपालको सहकार्य तथा नेपाल प्रहरी संगीत विद्यालयको समन्वयमा नेपाल पुलिस स्कुल साँगा, काभ्रेमा “पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रम” सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी समादरणीय अध्यक्ष श्रीमती रुपा थापाज्यू प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा संघका पदाधिकारी, क्यान्सर काउन्सिल नेपालका अध्यक्ष श्री रुद्रलाल कडरियाज्यू, Resource Person डा. किशोर कुमार प्रधानाङ्ग, स्तन क्यान्सर विशेषज्ञ डा. करिष्मा प्रधानाङ्ग, सदस्य श्री रामकाजी भुजेल, नेपाल पुलिस स्कुलका प्राचार्य, समादेशक, सह-प्राचार्य, कोर्डिनेटर, शिक्षक/शिक्षिका, वरिष्ठ प्रहरी अधिकृत, छात्रा, संगीत विद्यालयका प्रहरी कर्मचारी तथा महिला प्रहरीसहित कुल ४३१ जना सहभागिता रहेको थियो।

कार्यक्रमका दौरानमा नेपाल प्रहरी श्रीमती संघकी कानूनी सल्लाहकार अधिवक्ता राधिका खतिवडाले—“ महिला तथा बालबालिकासम्बन्धी ऐन, नियमहरूबारे जानकारी दिनु भयो भने, क्यान्सर काउन्सिल नेपालले पाठेघर र स्तन क्यान्सरबारे जनचेतनामूलक प्रस्तुति दिनुभएको थियो।” साथै, नेपाल प्रहरी संगीत विद्यालयका तर्फबाट जनचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गरिएको थियो।

कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष श्रीमती रुपा थापाज्यूले व्यस्त जीवनशैली, जानकारीको अभाव र हेलचेक्र्याइँका कारण महिलाहरूले गम्भीर रोगहरूको सामना गर्नुपरेको उल्लेख गर्दै पाठेघर तथा स्तन क्यान्सर समयमै परीक्षण र उपचार गरे निको हुन सक्ने बताउनु भयो। स्वास्थ्यप्रति सजगता, नियमित परीक्षण र आत्मविश्वास नै यस रोगबाट बच्ने प्रभावकारी उपाय हुन् भन्ने सन्देश उहाँले दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय