स्याङ्जा, असार ५ ।स्याङ्जा प्रहरीले पछिल्लो ३३ दिनको अवधिमा विभिन्न आपराधिक घटनासँग सम्बन्धित ४२ जना फरार अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको छ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रमुख एसपी ढुण्डीराज न्यौपानेका अनुसार विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका अभियुक्तहरूलाई विशेष रणनीति अनुसार पक्राउ गरिएको हो।

“फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाइनेछ,” एसपी न्यौपानेले बताए।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तहरूमा चोरी, ठगी, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराधजस्ता विभिन्न मुद्दामा संलग्नहरू रहेका छन्।

प्रहरीले जिल्लाभर खोजतलासलाई तिव्रता दिँदै गाउँ–बस्ती तथा शहरी क्षेत्रमा सूचनाको आधारमा नियन्त्रणमा लिएको जनाइएको छ।

एसपी न्यौपानेले अपराधविरुद्धको अभियानमा समुदायको साथ र सूचना आदानप्रदानलाई अझ सशक्त बनाउँदै लैजाने बताए।

उनले अपराध नियन्त्रणमा प्रहरी–नागरिक सहकार्य आवश्यक रहेकोमा पनि जोड दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय