
काठमाडौं — लामो समयदेखि खानेपानीको समस्या झेलिरहेको कोटेश्वर प्रहरी प्रभागमा अब नियमित पानीको सुविधाउपलब्ध हुने भएको छ। करीब ६/७ वर्षदेखि ट्यांकरमार्फत पानी ल्याएर दैनिक कामकाज चलाउँदै आएको सो प्रभागमा हालैबोरिङको काम सफलतापूर्वक सम्पन्न गरिएको छ।
प्रहरी निरीक्षक यज्ञराज भट्ट कार्यालय प्रमुखको रूपमा केही महिना अघि मात्रै नियुक्त भएपछि उनले यो समस्यालाईप्राथमिकतामा राख्दै आवश्यक पहल गरेका थिए। निरीक्षक भट्टको नेतृत्वमा भएको प्रयासपछि कार्यालय परिसरमै बोरिङ गरीपानीको स्रोत सुनिश्चित गरिएको हो।

“हामी धेरै वर्षदेखि पानीको अभावमा कार्य सञ्चालनमा असहज महसुस गर्दै आएका थियौं,” निरीक्षक भट्टले भने, “अबकोदिनमा त्यो समस्या घट्नेछ भन्ने विश्वास लिएको छु।”
प्रभागमा कार्यरत प्रहरीहरू तथा सेवाग्राहीहरूले यस पहललाई अत्यन्त सकारात्मक रूपमा लिएका छन्। प्रहरी प्रशासनमाभौतिक पूर्वाधार र सुविधाको सुधारले सेवा प्रवाहमा समेत प्रभाव पार्ने हुँदा यो कार्यलाई एक उदाहरणीय प्रयासका रूपमालिइएको छ।
स्थानीय समुदाय र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउन प्रभागले गरेका यस्ता विकासात्मक कामहरूले समाजमा सकारात्मकसन्देश फैलाएको छ। निरीक्षक भट्टको पहल र नेतृत्वलाई सबैले प्रशंसा गरिरहेका छन्।



