पर्सा — वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट श्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुई जना व्यक्तिहरूलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२, छप्कैयाका २१ वर्षीय राहुलकुमार तिवारी र बाराको प्रसौनी गाउँपालिका–२ का ४० वर्षीय कौशलकुमार गुप्ता रहेका छन्। उनीहरू भारतबाट दुईवटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गर्दा शुक्रबार जाँचका क्रममा पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बीआर ०५ एटी ०४७५ नम्बरको मोटरसाइकलमा सवार तिवारीको साथबाट १३ लाख रुपैयाँ तथा ना ४६ प ९७१० नम्बरको मोटरसाइकलमा सवार गुप्ताको साथबाट ५ लाख रुपैयाँ फेला परेको हो।

उनीहरूले उक्त नगद के प्रयोजनका लागि नेपाल भित्र्याउँदै थिए भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ। हाल दुवैजनालाई बरामद नगद रकम र मोटरसाइकलसहित आवश्यक अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय