काठमाडौं, जेठ १७ – नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशन नजिकिंदै गर्दा महासचिव पदका लागि कमल जोशीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।

जोशीले उम्मेदवारी घोषणा गर्दै भने, “अनेरास्ववियुलाई विचार, आन्दोलन र नेतृत्वको बाटोमा थप सशक्त बनाउने जिम्मेवारीका लागि तयार छु। अबको नेतृत्व युवा केन्द्रित, नीतिगत स्पष्टता र संगठनात्मक एकतामा आधारित हुनुपर्छ।”

संगठन निर्माणमा जोशीको सशक्त योगदान

कमल जोशी अनेरास्ववियु भित्रको एउटा सशक्त नाम हो, जसले विद्यार्थी राजनीति केवल नारासम्म सीमित नभई संगठनात्मक व्यवहारमा रूपान्तरण गर्न सफल नेतृत्व देखाएका छन्। उनी दिगो संगठन निर्माण, कार्यकर्ता उत्पादन, संरचना विस्तार र सैद्धान्तिक अनुशासनमा केन्द्रित नेताको रूपमा स्थापित छन्।

उनले विभिन्न शैक्षिक संस्थाहरूमा इकाई गठनदेखि लिएर जिल्ला, क्षेत्रीय तथा विश्वविद्यालयस्तरीय संगठन विस्तारमा अग्रसरता लिँदै आएका छन्। देशका विभिन्न स्थानमा उनले नेतृत्व गरेका आन्दोलनहरूले शिक्षा नीति, स्ववियु निर्वाचन, विद्यार्थी अधिकार र भ्रष्टाचार विरोधजस्ता जनसरोकारका विषयलाई जोडदार रूपमा उठाएका छन्।

जोशीको नेतृत्वमा अनेरास्ववियुले बारम्बार जनमुखी एजेन्डा उठाउँदै दबाबमूलक कार्यक्रमहरू संचालन गर्दै आएको छ। उनी विचारमा स्पष्ट, कार्यशैलीमा संयमित र संगठनप्रति निष्ठावान नेताका रूपमा चिनिन्छन्।

क्रान्तिको भट्टीबाट निस्किएको ज्वाला

कमल जोशीलाई “क्रान्तिको भट्टीबाट ज्वाला बनेर निस्किएको एउटा ज्वाला” का रूपमा पनि व्याख्या गरिन्छ, जसले विद्यार्थी आन्दोलनको थितिमा आफूलाई सधैं सतीसाल झैं ठाडो उभ्याएका छन्। भट्टीको ज्वालाको रापलाई संहनशक्तिका रूपमा अंगाल्दै अघि बढेको यो नेतृत्व आज महासचिव पदका लागि एक योग्य, सक्षम र प्रतिवद्ध उम्मेदवारका रूपमा हेरिएको छ।

जोशीको उम्मेदवारीसँगै अनेरास्ववियु महासचिव पदको औपचारिक प्रतिस्पर्धा आरम्भ भएको छ। महाधिवेशन नजिकिंदै गर्दा अन्य उम्मेदवारहरूको नाम पनि सार्वजनिक हुँदै छन्। भावी नेतृत्व चयनमा विचार, अनुभव, संगठन निर्माणको दक्षता र जनसरोकारमा प्रतिबद्धता प्रमुख आधार बन्ने देखिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय