सर्लाही – सर्लाहीको गोरखकाली नाका हाल तस्करहरूका लागि खुला केन्द्रको रूपमा परिचित बन्न थालेको छ। जिल्लाका प्रमुख तस्करी नाकामध्ये गोरखकालीबाट सूर्ति, कपडा, मकै, धान, स्याउ, कस्मेटिक, हार्डवेयर र किराना सामग्रीको ठूलो मात्रामा तस्करी भइरहेको छ। यसमा स्थानीय व्यापारीहरू जयकिशोर यादव, विजय साह, उमेश पटेल, ‘तीन बहिनी’ समूह, उर्मिला र काली लगायतका नाम जोडिएको जनाइएको छ।

गोरखकाली प्रहरी चौकी मातहत ९ वटा अवैध मदिरा भट्टी समेत सञ्चालनमा छन्, जसबाट उत्पादित मदिरा भारत तर्फ तस्करी हुने गरेको छ। भट्टी सञ्चालकहरूका अनुसार, स्थानीय प्रहरीलाई मासिक २५ हजार रुपैयाँसम्मको नियमित रकम दिइन्छ।

गोरखकाली चौकीका प्रमुख हाल वरिष्ठ सई रामबालक यादव छन्, जो दरबन्दीअनुसार धनुषाको ढल्केस्थित दंगा नियन्त्रण गणमा कार्यरत हुनुपर्ने हो। सई यादव विगतमा बाराबाट पर्सासम्मका विवादित र ‘कमाउ’ थानामा कार्यरत रहँदै आएका छन्। उनीमाथि घूस प्रकरण, तस्करी संलग्नता, र अनियमित पोष्टिङ सम्बन्धी प्रश्नहरू उठ्दै आएका छन्।

यस नाकाका होटलहरूमा भारतीय ग्राहकको बाक्लो आवागमन, रातभर मदिरा सेवन, र प्रहरीसँगको मिलेमतोमा सञ्चालित डान्सबार शैलीको गतिविधिले यहाँको सुरक्षा अवस्था गम्भीर बनाएको छ।

प्रहरी मुख्यालयले दरबन्दीअनुसार पोस्टिङको परिपत्र गरे पनि यादवको रमाना हालसम्म गरिएको छैन, जसले प्रहरी प्रशासनमै मिलेमतो र बेवास्ताको संकेत गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय