इलाम— दुर्व्यसनविरुद्धको अभियान “Fight Against Narcotics (FAN) Campaign” अन्तर्गत इलाममा अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहतका प्रहरी इकाइहरुद्वारा गठन गरिएका FAN Club मार्फत बिद्यालयस्तरमा बिभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन भइरहेको सन्दर्भमा आज जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय, इलाम र अमर माध्यमिक विद्यालय, बरबोटे का विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अमर मावि बरबोटेका रकिना राई र रोहित राई ले प्रथम स्थान हासिल गरेका छन् भने आदर्श मावि इलामका जेनिस मगर र ब्रिटिना साउदेन दोस्रो भएका छन्।

समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइराला प्रमुख अतिथि रहनु भएको थियो। उहाँले विजेता तथा उपविजेता टोलिलाई मेडल र प्रमाणपत्र प्रदान गर्नुका साथै दुर्व्यसनविरुद्ध विद्यार्थीस्तरबाट सुरु भएको अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमले विद्यार्थीहरूमा खेलमार्फत अनुशासन, प्रतिस्पर्धा र दुर्व्यसनविरुद्धको चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको आयोजकले जनाएका छन्। FAN अभियान अन्तर्गत यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा निरन्तर सञ्चालन गरिने पनि जानकारी गराइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय