०८ जेठ, ओखलढुङ्गा ।“अपराध रहित समाज निर्माण गर्न नागरिक–प्रहरी साझेदारी” भन्ने मूल नाराका साथ ओखलढुङ्गाको रामपुर बजारमा बिहीबार लागू औषध दुर्व्यसनविरुद्ध बृहत सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

ईलाका प्रहरी कार्यालय बरुणेश्वर, रामपुर र बरुणेश्वर सेवा समाज, ओखलढुङ्गाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री (कोशी प्रदेश) अम्बिर बाबु गुरुङ रहेका थिए।

कार्यक्रम अन्तर्गत निम्न गतिविधिहरू सम्पन्न भएका थिए:
1. लागू औषध सम्बन्धी सचेतनामूलक प्रशिक्षण
2. “लागू औषध दुर्व्यसनी विरुद्ध विद्यार्थीको भूमिका” शीर्षकमा निबन्ध प्रतियोगिता
3. विभिन्न १५ स्थानमा सामाजिक अपराधविरुद्धको सन्देशसहितको होर्डिङ बोर्ड जडान
4. स्काउट र प्रहरीको संयुक्त नाटक प्रस्तुत
5. रामपुर बजार क्षेत्रमा डस्टबिन व्यवस्थापन
6. जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण
7. विविध सांस्कृतिक कार्यक्रमसहित नृत्य प्रस्तुत

करिब ३५० जनाको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि गुरुङले युवाहरूको व्यक्तित्व विकासमा कुलतले बाधा पुर्‍याउने भन्दै यस्तो सचेतनामूलक प्रयास अत्यन्त जरुरी रहेको बताए।

कार्यक्रमका विशिष्ट अतिथि मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राईले यस्तो अभियानलाई निरन्तरता दिन आग्रह गरे। प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदीले कार्यक्रममार्फत आफूले लागू औषध सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिएका थिए र दुर्व्यसन नियन्त्रणका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा प्रहरी निरीक्षक मनिष लुइटेलले स्वागत मन्तव्य राखेका थिए भने बरुणेश्वर सेवा समाजका अध्यक्ष तोयानाथ काफ्लेले अध्यक्षता गरेका थिए। कार्यक्रममा स्थानीय निकाय, सुरक्षा निकाय, शैक्षिक संस्था, पत्रकार, विद्यार्थी र सर्वसाधारण गरी ३५० भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय