सर्लाही, लालबन्दी — इलाका प्रहरी कार्यालय लालबन्दी, सर्लाहीमा हालै पदभार ग्रहण गर्नुभएका प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको सम्मानमा एक भव्य स्वागत कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा इलाका प्रहरी कार्यालयका सम्पूर्ण प्रहरी कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्वागत समारोहमा नवआगन्तुक प्रहरी निरीक्षक जोहारीले संगठनका सदस्यहरूसँग आत्मीय परिचय आदानप्रदान गर्दै अनुशासन, समर्पण र सेवामूलक भावनासहित कार्य सम्पादन गर्न आग्रह गर्नुभयो।

उहाँले उपस्थित प्रहरीहरुलाई सम्बोधन गर्दै भन्नुभयो, “हामी प्रहरी जनताको सेवामा खटिएका हौं। इमान्दारी, निष्पक्षता र सक्रियता हाम्रो मुख्य दायित्व हो। संगठनको साख र जनविश्वास बढाउने गरी हामीले कर्तव्य निर्वाह गर्नुपर्छ।”

प्रहरी निरीक्षक जोहारीले थप स्पष्ट पार्नुभयो, “शान्ति सुरक्षाको विषयमा कुनै पनि सम्झौता हुने छैन। जनताको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै अपराध नियन्त्रण, आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने हाम्रो प्रमुख उद्देश्य हो।”

कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूले नयाँ नेतृत्वबाट थप ऊर्जा, मार्गदर्शन र प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूले संगठनलाई अझ सक्षम, उत्तरदायी र जनमैत्री बनाउने दृढ संकल्प दोहोर्‍याएका थिए।

यो स्वागत कार्यक्रमले प्रहरी संगठनभित्र सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। प्रहरी निरीक्षक जोहारीको अनुभवी नेतृत्वमा इलाका प्रहरी कार्यालय लालबन्दीले जनताको अपेक्षा अनुसार सेवा पुर्‍याउने विश्वास जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय