काठमाण्डौं—भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको बन्दुकधारीको आक्रमणमा परेर नेपालका एक युवकको ज्यान गएको छ। रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ निवासी २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको वडाध्यक्ष दधिराम न्यौपानेले पुष्टि गरेका छन्। उनी मृतक सुदीपका काका समेत हुन्।

वडाध्यक्ष न्यौपानेका अनुसार मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा सुदीपलाई बन्दुकधारीले बाटोमा रोकेर कुन धार्मिक समूहका हुन् भनेर सोधेका थिए। त्यसपछि उनीमाथि गोली प्रहार गरिएको थियो।

आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित सुदीप शनिबार घुम्नका लागि कश्मीर गएका थिए। उनीहरूमाथि आकस्मिक रूपमा बन्दुकधारीले आक्रमण गरेका थिए। सुदीप हाल धरानमा रहेर पब्लिक हेल्थ अध्ययन गर्दै आएका थिए भने बुटवल–११ कालिकानगरमा आमासँग बस्दै आएका थिए।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले पनि घटनामा सुदीपको मृत्यु भएको पुष्टि गरेका छन्। घटनापछि नेपाली समुदायमा शोकको लहर फैलिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय