काठमाण्डौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ६० हजार अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ४० वर्षीया सोनी गुरुङ रहेको प्रहरीले जनाएको छ।

बुधबार बिहान विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट गुरुङलाई सुरक्षा जाँचका क्रममा पक्राउ गरिएको हो। इन्डिगो एयरको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेकी उनीसँगको सुटकेसबाट उक्त अवैध डलर फेला परेको हो।

प्रहरीका अनुसार उनी अमेरिकी डलर ६० हजार १ सय अवैध रूपमा बाहिर लैजान खोज्दै थिइन्। पक्राउपछि उनलाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुरमा पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर