
काठमाण्डौं— प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर रहेका १६ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालय अन्तर्गत कानुन शाखाले एक सूचना जारी गर्दै सम्पर्कविहीन रहेका ती प्रहरीलाई तुरुन्त हाजिर हुन आग्रह गरेको हो।
निर्देशअनुसार तोकिएको म्यादभित्र हाजिर नभएमा प्रचलित कानुनी व्यवस्था अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने समेत सूचनामा उल्लेख गरिएको छ।





