नेपाल प्रहरीमा लामो समयदेखि रोकिँदै आएको प्रहरी निरीक्षक (इन्सपेक्टर) पदको बढुवाको जाम आइतबार बेलुकी खुलेको छ। उक्त दिन ६१ जना वरिष्ठ प्रहरी निरीक्षकहरूलाई इन्सपेक्टर पदमा बढुवा गरिएको छ।

यो बढुवा धेरैका लागि आश्चर्यको विषय बनेको छ, किनकि सबै पदोन्नति २०५८ सालमा भर्ना भएको ११३ नम्बर टोलीका अधिकृतहरूबाट मात्र गरिएको छ। जबकी त्यसपछि भर्ना भएको १२५ नम्बर टोलीका अधिकृतहरू हाल संगठित र शक्तिशाली मानिन्छन्, र उनीहरूकै दबाबका कारण लामो समयदेखि बढुवा प्रक्रियामा अवरोध आएको थियो।

तर, प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाको नेतृत्व र पहलमा सबैलाई सहमत गराउँदै सिनियर ब्याचलाई प्राथमिकता दिई बढुवा प्रक्रियालाई निष्कर्षमा पुर्‍याइएको हो। यसलाई आईजीपी थापाको नेतृत्वमा देखिएको पहिलो ठुलो सफलता मानिएको छ।

यही साताभित्र नेपाल प्रहरीमा रिक्त रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) तथा डिपुटी इन्सपेक्टर जनरल (डिआइजी) पदहरूमा पनि बढुवा प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय