काठमाडौं, चैत २१ – स्थानीय तहका क्रियाशील पेसागत सङ्गठनहरूले काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेविरुद्ध कार्यालयको मर्यादाविपरीत अनुशासनहीन, गैरकानुनी र अमर्यादित व्यवहार गरेको गम्भीर आरोप लगाएका छन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालयमा प्रवेश गराउने क्रममा चैत २१ गते महानगर प्रहरी प्रमुख पाण्डेको अगुवाइमा घटेको घटनालाई अमर्यादित, अनुशासनहीन र अनपेक्षित भन्दै सम्बन्धित निकायबाट छानबिन गरी कानुनी कारवाही गर्न माग गरिएको हो।

स्थानीय तह कर्मचारी युनियन नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघले आज संयुक्तरूपमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमार्फत सङ्गठनहरूले उक्त घटनाले कर्मचारी वर्गको मनोबल कमजोर बनाएको र स्थानीय तहको गरिमामा आँच पु¥याएको जनाएका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारवाही हुनुपर्ने माग उनीहरूको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय